डाक्टर भगवान् बनेपछि………
आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

जुम्लिहा मध्य छोराको देवासन,छोरी सकुशल घर फर्किइन्

बर्दिया,भदौ ३१(फरकसमाचार)/ ४० हप्तामा सुत्केरी हुने डेट डाक्टरले दिन्छन् । तर, २८ हप्तामा सुत्केरीले जुम्लिहा बच्चा जन्माउँछिन् । तिनै सुत्केरी हुन जसको आँधा खुसी डाक्टर फिर्ता गर्न सके, आँधा खुसी भगवान्ले खोसेर लगे । यो कारुणायायिक कथाका पात्र हुन् राजापुर नगरपालिका–८ छोट्की भिम्मापुर वस्ने आमा जानुका थारु र बुवा रविन्द्र थारु । राजापुर नगर अस्पतालमा सुत्केरी भएकि उनी जुम्लिहा छोरा र छोरी लिएर बर्दिया अस्पताल हतारोमा पुगिकि थिईन् ।

बच्चाको साँस मात्र लिएर बर्दिया अस्पताल पुगेको ति दम्पति छटपटाहाट हुने क्रममा नै ३६ घण्टामा छोराको मृत्यु भयो । छोरीलाई पनि कडा खालको निमोनिया देखियो । डाक्टर भगवान् बनेपछि परिवारमा लागेको आलो घाउँमा मल्हम लागेकोे छ । यो कथा दुई महिना पछि बाहिर आएको छ । दुई महिनासम्म डाक्टर र अस्पतालका स्वास्थ्यकर्मीको अथक मेहनत वा प्रयासले एक सुखद समाचार सुनिएको छ । भेन्टिलेटरमा राखेर गरिएको उपचारले दुई महिना पछि छोरी ठिक हुँदा परिवारमा खुसी फर्किएको छ ।

लामो समयको मेहनतपछि डाक्टर सावले मेरो बच्चालाई निको गरेर काखमा दिएपछि औधी खुसी भएको थारु दम्पत्तिले अस्पतालबाट डिस्चार्ज हुँदा शुक्रबार सुनाए । ‘सिपालु डाक्टर नभएको भए यो बच्चाको पनि आश मार्नु पथ्र्यो’उनले भनिन्, ‘के गर्नु भगवान् खोसेर लिएर जान खोज्नु भएको खुसी डाक्टरसावले फिर्ता गरिदिनु भयो ।’

मेरो परिवारको लागि बालरोग बिशेषज्ञ डा.विश्वनाथ शाह भगवान् नै सावित भएको थारु दम्पत्तिको भनाई छ । लामो समय मेरो बच्चाको रेखदेखमा खटिएका एसएनसियु र बर्दिया अस्पताल टिमलाई थारु दम्पत्तिले हृदय देखि नै धन्यवाद व्यक्त गरेका छन् ।

राजापुर नगरपालिका–८ छोट्की भिम्भापुरकी जानुका थारुले राजापुर नगर अस्पतालमा गत असार २५ गते बिहान दुई शिशु जन्माएकि थिईन् । एक घण्टाको फरकमा छोरा र छोरी गरि दुई शिशुको थारुले जन्म दिईन् । जन्मेका बच्चाहरुमा समस्या देखिदाँ रिफर भएर बर्दिया अस्पतालमा बिहान ११ बजे पुगेका अस्पतालमा रेकर्ड छ ।

अस्पतालमा पुग्दा दुवै बच्चाहरु चिसो र निलो रहेको बर्दिया अस्पतालका बालरोग बिशेषज्ञ डाक्टर विश्वनाथ शाहले बताए । ‘बच्चाहरुको स्थिती नाजुक अवस्थामा थियो’डा.शाहले भने,‘बच्चाहरुलाई साँस फेर्न गाह्रो भईरहेको थियो ।’ बच्चाहरुको अवस्थालाई मध्यनजर गरि तत्काल उपचारमा खटियौं ।

बालरोग विशेषज्ञ डा.शाहका अनुसार समन्यतयःबच्चा ४० हप्तामा जन्मनु पर्ने हो । तर, उक्त बच्चाहरु २८ हप्तामा जन्मेका थिए । ‘समय पुग्नु अगाबै जन्मेका बच्चाहरुको पुर्ण रुपले अंगहरु बनेका हुदैनन्,’उनले भने,‘ अपुर्ण अंगले राम्रोसंग काम गर्न सक्दैनन्, तौल पनि कम रहेको थियो ।’उनका अनुसार छोराको तौल १ हजार २ सय ग्राम र छोरीको तौल जम्मा १ हजार १ सय ग्राम थियो । त्यहि भएर बच्चाहरुलाई साँस फेर्न गाह्रो भईरहेको थियो ।

बचाउन कोसिस गर्दा गर्दै अस्पतालमा भर्ना भएको ३६ घण्टामै छोराको मृत्य भयो । बच्चाको मृत्युले थारु परिवार दुखी भयो । अर्को बच्चालाई बचाउन बालरोग बिशेषज्ञ डा.शाह खटिएको उनैले अनुभव सुनाए । ‘प्रत्यक्ष निगरानीमा एसएनसियु टिम लागिराख्यौं’ उनले थपे,‘ आज यहि खुसी साट्न पाउँदा मलाई गर्वको अनुभुति भईरहेको छ ।’

बाँचेको बच्चालाई जन्मेको पहिलो दिन देखि सात दिनसम्म प्रेसरवाला अक्सिजनमा राखेर उपचार गरेको बालरोग बिशेषज्ञ डा. शाहले सुनाए । ‘बच्चालाई फेरी गाह्रो भयो’डा.शाहले भने,‘बच्चालाई चार दिनसम्म भेन्टिलेटरमा राख्यौं ।’ अलि ठिक भएपछि बच्चालाई आमासंगै राखी निगरानी गर्यौ ।

बच्चाको तौल अलि बढ्न थाल्यो । तर फेरी साँस फेर्न गाह्रो भयो । दोस्रो पटक ११ दिनसम्म बच्चालाई भेन्टिलेटरमा राख्न पर्यो । उपचारको क्रममा बच्चालाई कडा खालको निमोनिया पनि भयो । रक्तअल्पता भयो । मुटुमा समस्य देखियो । निको हुनको साटो बच्चाको स्थिती झन् खस्किदै गयो । अब बच्चालाई बचाउन सकिदैन जस्तो महसुस भएको डा. शाहले तितो अनुभव सुनाए । उता बच्चाको अभिभावकले पनि बच्चाको आश मारिसकेका थिए । ‘कोसिस गर्दा गर्दै बच्चामा झन् समस्या देखिदा,एसएनसियु टिम नै हरेस खाईसकेको अवस्थामा आज फेरी खुसी साट्न पाएका हौं ,’उनले भने ।

‘बच्चालाई ६० एमएल रगत चढायौं’बालरोग बिशेषज्ञ डा.शाहले भने,‘बच्चाको उपचारमा निरन्तरता दियौं ।’ निगरानीमा करिब २१ दिन आमासंग राखेर उपचार गर्दा बच्चामा रहेका सम्पुर्ण समस्या ठिक भयो । अहिले बच्चाको तौल पनि ठिकठाक छ । बच्चाले राम्रोसंग दूध खान्छ ।

दुई महिनाको मेहनतपछि बच्चालाई सकुशल परिवारलाई हस्तान्तरण गर्न पाउँदा बर्दिया अस्पताल गौभान्वित भएको बालरोग बिशेषज्ञ डा. शाहले सुनाए । ‘सानो ठाउँमा सिमित स्रोतसाधनको उपलब्धतामा यस्तो जटिल समस्याको बच्चालाई बचाउँनु ठुलो कुरा हो’ बालरोग बिशेषज्ञ डा.शाहले गर्व गर्दे भने,‘यस्तो किसिमको बच्चालाई बचाउँन नसकिने होइन,तर स्रोतसाधनको कमी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर