भेस्टिजको भेला आयोजनामा प्रशासनको रोक
शुक्रबार, असोज १२, २०८० मा प्रकाशित

भारतीय भेस्टिजको नेटवर्किङ मार्केटिङ

बर्दिया,असोज १२ (फरकसमाचार)/ नेपालमा नेटवर्क मार्फत भारतीय भेस्टिज कम्पनीले भेला आयोजना गरी प्रलोभनमा पारेको पाईएमा प्रशासनले कारवाही गर्ने भएको छ । नेटवर्क मार्फत कुनै व्यबसाय गर्न नपाईने उल्लेख भएपनि झुक्काए फुडसप्लिमेन्टको बिभिन्न थरिका औषधि बिक्रि गर्न गरिने भेला कार्यक्रम प्रशासनको उपस्थित बिना गरेमा कारबाहीको दायरामा ल्याउँने चेतावनी दिएको छ ।

प्रशासनले भेस्टिजका प्रतिनिधि बनेर औषधि बेच्न प्रोत्साहन गर्ने एजेन्टलाई प्रशासनमा डाकेर चेतावनी स्वरुपमा गोप्य रुपमा गतिबिधि गर्न रोक लगाएको हो । दास्रो चरणमा रावश्व छलि र सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्ने सक्रिय गिरोहलाई कानुनी कारबाहीको दायरामा ल्याउँने भएको हो । भारतीय नागरिक द्वारा संचालित नेपालीलाई अबैध काम गरेको भेटिएमा पक्राउँ गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।
यसअघि गोप्य रुपमा आयोजना गरेर औषधि बिक्रि वितरण गर्न एजेन्ट परिचालन गर्न नपाईने गरी प्रशासनले सर्त राखेको छ । भेस्टिज कम्पनीका प्रोडक्ट फुड सप्लिमेन्ट भनेर गाउँ गाउँ बिक्रिवितरण गर्न रोक लगाएसँगै प्रशासनले कडाई गर्ने तयारी गरेको छ । नेटवर्क मार्फत भईरहेको ठगि रोक्न बिभागलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरिसकेको छ ।

पछिल्लो समय फरक समाचारले भारतीय भेस्टिज कम्पनीले उत्पादन गरेका औषधि जन्य वस्तु खुलेआम रुपमा बिक्रि वितरणले भईरहेको ठगि धन्धा रोक्न पर्ने आशयले प्राथामिकता साथमा समाचार प्रकासित गरेपछि कानुनी कारबाही ल्याउँन प्रशासन आवश्यक प्रक्रिया अघि बढाएको हो । तर पछिल्लो समय झोला झोला एजेन्टले आफ्नो नाममा बिल काटी गाउँ गाउँमा दिर्घ रोगिलाई फुड सप्लिेमेन्टको नाममा औषधि मंहगोमा बेच्न सक्रिय रहेको खुलेको छ । बजारमा नेटवर्क मार्फत गरिने व्यबसाय अबैध भएको चाल पाएपनि कमिशनको प्रलोभनमा परेर गोप्य रुपमा भेस्टिज कम्पनीका प्रोडक्ट प्रोत्साहन गर्ने स्थानीय व्यबसायी सक्रिय देखिएका छ । भारतीय कम्पनीका प्रोडक्टर वेच्दा राज्यको राजश्व र भ्याट समेत चुहावट भईरहेको जानकारी पाएपछि प्रशासन कडाईका रुपमा अघि बढेको छ ।

नेटवर्क मार्फत व्यबसाय गरेको पाईएमा काुनन अनुसार कारबाही प्रक्रिया अघि बढाउँने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘कतिपय यस्ता व्यवसायको बारेमा अनभिज्ञ हुनुहून्छ’उनले भने,‘ऐनले प्रतिबन्ध गरेको व्यबसाय गर्ने जो कोहि पनि कारबाही दायरामा आउँने छ ।’

बिभिन्न अस्पतालमा उपचार पछि घर फर्केका मानिसलाई रोग सन्चो हुने आश्वासन देखाउँदा ठगिएको एक भुक्तभोगिले बताए । ‘आफन्त बनेर विरामीलाई रोग सन्चो हुन्छ भनेपछि विश्वास मान्छन्’उनले भने,‘सम्बन्ध स्थापित गरेर एक जनालाई मात्रै होईन गाउँका सबैलाई भेस्टिजको प्रोडक्ट किन्न बाध्य पार्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर