नायक पल शाहलाई हेर्न गुलरिया महोत्सवमा ओर्लिय दर्शक
सोमबार, पुष १६, २०८० मा प्रकाशित

बर्दिया,पौष १६ (फरकसमाचार)/ प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा पल शाहलाई हेर्न आएका दर्शकहरुको आइतबार निकै भिडभाड थियो । दर्शकहरुको भिडलाई समहाल्न सुरक्षाकर्मी हम्मेहम्मे प¥यो ।

बर्दिया जिल्लामा पहिलो पटक चर्चित नायक शाह गुलरिया महोत्सवमा आउँदा दर्शकहरु ओर्लियका हुन् । चर्चित नायक शाहलाई प्रत्यक्ष रुपमा हेर्न आएका दर्शकहरु निकै खुसी देखिएका थिए । पछिल्लो समय अत्यन्तै चर्चित नायक गुलरिया महोत्सवमा आएको मौकामा दर्शकहरु महोत्सवमा पुगेका थिए ।

नायक शाहको पर्खाइमा रहेका दर्शकहरु स्टेजमा देख्ने बित्तिकै हात हल्लाउन थालेका थिए । शाहसंग हात मिलाउन अत्तुर दर्शकहरु तछाड मछाड गर्दै स्टेज नजिक पुगेका थिए । नायक पल शाहले एक दुई तीन चार स्वीकार मेरो नमस्कार बोलको गितबाट प्रस्तुती सुरु गरेका थिए । पलको प्रस्तुतीमा दर्शहरु नाचेर साथ दिएका थिए ।

आइतबार महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको थियो । महोत्सवको दशौं दिनमा रेकर्ड तोड भिडभाड रहेको थियो । महोत्सव मैदानमा खुट्टा राख्ने ठाउँ थिएन । त्यसैगरि महोत्सव भित्र रहेका पिंक, माउत कुवा, बच्चाहरुको रेललगायत खेलौना र स्टलमा निकै भिडभाड देखियो । महोत्सव भित्र दर्शकहरुको उत्साहजनक उपस्थिती हुँदा सबै स्टलमा विक्री वितरण पनि राम्रै भएको व्यापारीहरुले प्रतिक्रिया दिएका छन् ।

महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्ने अवधि तोकिएको थियो । आज महोत्सवको अन्तिम दिनमा चर्चित टिकटकर मोडल डान्सर प्रिति पास्वानको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर