करोड बढि बराबरको नगद पूजी पलायन, फाईदा वा घाटाको हिसाब किताव बाँकी
शुक्रबार, माघ १२, २०८० मा प्रकाशित

बर्दिया,माघ १२(फरकसमाचार) / बर्दिया जिल्लामा एक पछि अर्को महोत्सव आयोजना गर्दा जिल्ला महोत्सवमय बन्यो । एक महिनासम्म राष्ट्रिय कलाकार आउँने जाने क्रम चलिरह्यो । महोत्सवमा बढिमा चार लाख देखि न्यूनतम २० हजारसम्म पारिश्रमिक कलाकारलाई आयोजकले बुझाएको जानकारी प्राप्त भएको छ । यति बेला एक महिना भित्रमा पाँच वटा ठूला महोत्सवको समापन भईसकेको छ ।

पालिकास्तरमा संचालन भएको महोत्सवले स्थानीय उत्पादन, कला सस्कृति कतिको प्रबद्र्धन गरे त्यसको मापन कस्ले गर्ला र ? फाईदामुखी भएर राजापुर र बढैयातालले महोत्सवलाई ठेक्का दिएको खुलेको छ । तर, हामीलाई प्राप्त जानकारीमा एउटा महोत्सवमा आएका कलाकारलाई ३० लाखको हराहारीमा पारिश्रमिक आयोजकले बुझाएका छन् । बाह्य कलाकारलाई पारिश्रमिक बुझाउँने पश्चिम तराईको जिल्ला भनेर बर्दिया हिट भएको छ ।

आर्थीक मन्दीमा व्यापार नचलेपछि आयोजकले महोत्सव लगाएर मध्यम र निम्न बर्गका परिवारसँग नाफाको महोत्सव संचालन गरेको पाईएको हो । व्यापार नचल्दा खर्च धान्न हम्मेहम्मे परेको व्यवसायीहरुले पछिल्लो समयमा गुनासो गर्छन् । व्यवसायीहरुको व्यापार नचल्दा बैंकको किस्तासमेत तिर्न गाह्रो भईरहेको सुनाउँछन् । व्यवसाय नचल्दा सर्वसाधारणसंग रुपियाँ नरहेको व्यवसायीहरुले टिप्पणी गरिरहेका बेला एक पछि अर्को महोत्सव सफल हुदै गएको तथ्य देखिएको छ ।

जिल्ला स्थित सर्वसाधारणहरुको आर्थिक स्थिती कमजोर भईरहेको अवस्थामा जिल्लामा महोत्सव लगाउने होडबाजीले मध्यम र निम्न बर्गलाई नराम्ररी प्रभावित गरेको छ । महोत्सवमा खुलमखुल्लामा रुपमा खेलाईएको जुवा(खोडखोडे,गिलास जस्ता)मा सर्वसाधारण ठगिएका छन् । महोत्सव चल्ने वा नचल्ने अलमल परेका आयोजक भने यतिबेला खुसी देखिन्छन् ।

आर्थिक स्थिती कमजोर रहेको बेला महोत्सवले जिल्लाको रुपियाँ बाहिरिने सर्वसाधारणले बल्ल बुझेका छन् । फुलबारी युवा क्लवले लगाएको गुलरिया साँस्कृतिक महोत्सव २०८० नचेलर बन्द भएपनि एक दिन आएका कलाकारले प्रस्तुति नदेखाई रकम लिएर गएका थिए । मंसिर २ देखि १० गतेसम्म चल्ने महोत्वसमा व्यवसायी र दर्शक नआएर तोकिएको अवधि नपुग्दै बन्द भएको थियो ।

जिल्ला स्थित रहेका आठ वटा मध्ये पाँच वटा उद्योग वाणिज्य संघले आयोजना गरेका महोत्सव सम्पन्न भईसकेका छन् । उद्योग वाणिज्य संघ गुलरियाले आयोजना गरेको महोत्सव पौष ६ गतेदेखि १६ गतेसम्म चल्यो । उद्योग वाणिज्य संघको आयोजनामा गुलरियामा चलेको महोत्सव हुने फाईदाले नयाँ बहुआयमिक चिजमा लगानी गर्ने आयोजक प्रतिको बिश्वास कायम छ ।

तर,राजापुर र बढैयातालमा ठेक्का दिईएको महोत्सवबाट आम्दानी भएपनि पालिकाबासीलाई फाईदा नहुने देखिएको छ । यस्तै गरी बाँसगढी र गेरुवामा आयोजित महोत्सवमा पनि सम्पन्न भईसकेको छ । लगातार रुपमा भईरहेको पुजी पलायनले समुदायमा आर्थीक मन्दी ल्याउँने निश्चित भएको बुद्धिजिबि आँकलन गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर