३ दिनमै बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बिहिबार, माघ १८, २०८० मा प्रकाशित

काठमाडौं,माघ १८/ बैंकिङ प्रणालीमा अपधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३० अर्ब तरलता खिचेको केन्द्रीय बैंकले बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएकोमा बिहीबार २० अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ । त्यसलाई पुनः निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।

बुधबार ७ दिनका लागि ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा ३१ अर्ब ८० करोडको आवेदन परेको थियो । जसमा बैंकहरुले अधिकतम ३.२४ प्रतिशत र न्युनतम २.६४ प्रतिशत ब्याजदरमा निक्षेप प्रस्ताव गर्दा राष्ट्र बैंकले औसत ३.०३४६ प्रतिशत ब्याजदरमा ३० अर्ब निक्षेप लिएको हो ।

यसअघि १६ पुस मंगलबार पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालबिाट २० अर्ब तरलता खिचेको थियो । बिहीबार १४ दिनका लागि थप २० अर्ब तरलता खिच्ने भएको हो । बुधबारको निक्षेप संकलन उपकरण बोलकबोलसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिचेको तरलता १ खर्ब १२ अर्ब रहेको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर