१५औं राष्ट्रपति रनिङशिल्डको उपाधि बाँसगढि नगरपालिकालाई
आइतबार, फागुन ०६, २०८० मा प्रकाशित

दीपक शर्मा

बर्दिया,फागुन ६/ १५औं बर्दिया जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीतामा बाँसगढि नगरपालिका प्रथम भएको छ ।
सो प्रतियोगीतामा भलिवल, कवडडी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसु खेल समावेश गरीएको थियो ।

प्रतियोगीतामा बाँसगढि नगरपालिकाले १७ स्वर्ण, ७ रजत र ८ काँस्य जम्मा ३२ पदक जितेको थियो । यसै गरी राजापुर नगरपालिका १४ स्वर्ण, १२ रजत र ९ काँस्य गरी ३५ पदक जितेर दोस्रो भएको थियो । ठाकुरबाबा नगरपालिका १० स्वर्ण ८ रजत र १२ काँस्य गरी ३० पदक जितेर तेस्रो भएको थियो । चौथोमा गुलरिया नगरपालिकाले ९ स्वर्ण १६ रजत र १५ काँस्य गरी जम्मा ४० पदक जितेको थियो । पाँचौ स्थानमा बारबर्दिया नगरपालिका भएको छ सो पालिकाले ९ स्वर्ण, १२ रजत र ८ कास्य गरी जम्मा २९ पदक जितेको थियो ।

यसैगरी बढैयाताल गाँउपालिकाले ३ स्वर्ण २ रजत र ५ काँस्य गरी जम्मा १० पदक हात पार्दै छैटौ स्थान प्राप्त गरेको थियो । सातौ स्थानमा गेरुवा गाँउपालिकाले २ स्वर्ण, ११ रजत र १० काँस्य गरी जम्मा २३ पदक प्राप्त गरेको थियो भने आठौ स्थानमा मधुवन नगरपालिकाले २ स्वर्ण १ रजत र ३ काँस्य गरी जम्मा ६ पदक जितेको थियो । प्रतियोगीतामा खेलाडी तथा टिमलाई पुरस्कार समेत प्रदान गरिएको जिल्ला खेलकुद बिकास समिति बर्दियाका कार्यालय प्रमुख भुपेन्द्रपुन मगरले बताए ।

खेलकुदलाई जिल्लाबाट केन्द्रसम्म पुरयाउनका लागी १२ कक्षासम्म अध्ययनरत बालबालिकालाई खेलकुद प्रति रुचि जगाउनका लागी स्थानिय स्तरबाट योजना बनाइनु पर्ने कार्यालय प्रमुख मगरले जोड दिए ।

उद्घाटन समारोहमा संघिय सांसद सञ्जय गौतमले उद्घाटन गर्दै बर्दियालाई खेलको माध्यमबाट पनि पहिचान गर्न सकिने बताए । समापन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य बहादुर विष्टले पालिकाले स्थानिय खेलाडीहरुको पहिचान गर्न सक्नु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर