राजापुर देखि गुलरियातर्फ आउँदै गरेको हाइस दुर्घटना हुँदा चालकसहित १० घाईते
बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

बर्दिया,फागुन ३०(फरकसमाचार)/ हाइस गाडी दुर्घटना हुँदा चालकसहित १० जना घाईते भएका छन् । राजापुर देखि गुलरिया तर्फ आउँदै गरेको हाइस गाडी राजापुर नगरपालिका–१० रामजाने चोक लक्ष्मी आयल नजिक बुधबार दुर्घटना भएको हो ।

भे १ ख २५७१ नंम्बरको हाइस गाडी सडकबाट तल खाल्डोमा पल्टिएर दुर्घटना भएको जनाईएको छ ।
दुर्घटना भएको गाडीमा चालकसहित १० जना सवार रहेको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सुराज सिहंले जानकारी दिए ।

घाईते मध्ये तीन जना गम्भिर घाईते रहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले बताए । ‘६ जनालाई उपचारको लागि नेपालगंज रिफर गरिएको छ’ प्रहरी निरीक्षक चौधरीले भने,‘चार जना सामान्य घाईतेहरुको राजापुर नगर अस्पतालमा उपचार भईरहेको छ ।’ गाडी २७ वर्षिय गोविन्द विकले चलाएका थिए ।

गाडीको स्टेरिङ्ग फेल भएर दुर्घटना भएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक चौधरीले जनाए । दुर्घटना कसरी भयो प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर