बगलामुखी मन्दिरमा सम्पन्न भएको महाशिवरात्रीको आय व्यय सार्वजनिक
बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

बर्दिया,चैत ०१ (फरकसमाचार)/ गुलरिया नगरपालिका–७ बगलामुखी मन्दिरमा सम्पन्न भएको महाशिवरात्री पर्वको आय व्यय सार्वजनिक गरिएको छ । बगलामुखी मन्दिर व्यवस्थापन समितिले बुधबार महाशिवरात्री पर्वको सम्पुर्ण आय व्यय सार्वजनिक गरेको हो ।

विभिन्न सहयोगीदाताहरुबाट रु १ लाख ८१ हजार ३ सय ३५ प्राप्त भएको शिवरात्री व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद अधिकारीले बताए । ‘जस मध्ये मन्दिरमा आवश्यक सामाग्री, ब्राहमण दक्षिणा र भण्डारा कार्यमा रु १ लाख ६९ हजार ५ सय ४० खर्च भएको छ’संयोजक अधिकारीले भने,‘रु ११ हजार ७ सय ९५ नगद बचेको छ ।’ गुलरिया नगरपालिका–६ बाट मन्दिरलाई रु ३० हजार दिने निर्णय भएको जनाए ।

त्यसैगरि गुलरिया नगरपालिकाबाट पनि केही सहयोग रकम प्राप्त हुन्छ । महाशिवरात्री पर्वमा दाताहरुबाट प्राप्तबाट बचेको नगद रकम र वडा र नगरपालिकाबाट प्राप्त हुने सहयोग रकम मन्दिर व्यवस्थापन समितिको बैंक खातामा जम्मा हुने संयोजक अधिकारीले जनाए । यस वर्ष महाशिवरात्री पर्वमा मन्दिर व्यवस्थापन समितिको कुनै खर्च भएको छैन । सहयोगीदाताहरुबाट प्राप्त सहयोगबाट नै मन्दिरमा महाशिवरात्रीको सम्पुर्ण कार्यक्रम भएको संयोजक अधिकारीले जानकारी दिए ।

महाशिवरात्री पर्वको लागि सहयोगीदाताबाट विष्णु प्रसाद अधिकारीले रु ७४ हजार ९ सय २४, दिपक खड्काले रु ३२ हजार ४ सय ११, दिपक दुङगानाले रु २० हजार ६ सय ६०, सुभाष पोखरेलले १४ हजार १ सय ५ उठाएका थिए । त्यसैगरि दिपक लाल श्रेष्ठले रु १२ हजार १ सय ४०, गजगजानन्दले ११ हजार ५५, दुर्गा रावलले रु ८ हजार ८ सय ५५ र ज्ञानुमाया रिजालले रु ७ हजार १ सय ८५ उठाएकी थिईन् ।

बगलामुखी मन्दिरमा महाशिवरात्री पर्वको भण्डाराको लागि दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले २० लिटर दुध, गुरुङ्ग जनरल स्टोरले ३० लिटर दुध, गुलरिया नगरपालिका–७ का प्रमेश यादवले १० केजी पिठो, हिम नगालले ५ केजी पिठो र डेरी बाजेले पानी जार र गिलासको लागि रु २ हजार ५ सय सहयोग गरेका थिए ।
बगलामुखी मन्दिर व्यवस्थापन समितिले आय व्यय सार्वजनिक गर्ने काम सह्रानिय रहेको वक्ताहरुले भनाई राखेको थिए । त्यसैगरि महाशिवरात्री पर्व मनाउन सहयोग गर्ने सम्पुर्णलाई मन्दिर व्यवस्थापन समितिले धन्यवाद व्यक्त गरेको छ ।

आय व्यय सार्वजनिक कार्यक्रममा बगलामुखी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपक ढुङगाना, उपाध्यक्ष सुभाष पोखरेल, कोषाध्यक्ष निर्मला मैनाली, सचिव दुर्गा आचार्य, पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्यलगायत स्थानीय भक्तजनहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर