‘जातिय छुवाछुत भुसमा सल्केको आगो जस्तै भएको छ’
शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित

बर्दिया,चैत २(फरकसमाचार)/ अहिलेको अवस्थामा हेर्दा जातिय छुवाछुत भुसमा सल्केको आगो जस्तै भएको दलित महिला संघकी अध्यक्ष हेमा सुनारले बताएकी छन् । दलित महिला संघद्वारा बिहीबार आयोजित दलित महिलाका सवाल र संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै अध्यक्ष सुनारले यस्तो बताएकी हुन् । ‘परालमा सल्किएको आगो दनदनि बलेको देखिन्छ’अध्यक्ष सुनारले भनिन्,‘तर भुसमा सल्किएको आगो भित्रभित्र फैलिए जस्तै जातिय विभेद भएको छ ।’

जातिय विभेद विभिन्न बहानामा पुस्ता स्तान्तरण हुने काम भईरहेको छ । यसलाई रोक्न सकिएन भने बिकराल स्थिती सिर्जना हुन सक्छ । त्यसैले संचारकर्मीले यस विषयमा सकारात्मक भुमिका खेलेर रोक्नु पर्ने अध्यक्ष सुनारले आग्रह गरिन् ।

समुदाय स्तरमा व्यापक जातिय विभेदका घटना घटेका छन् तर बाहिर आएका छैनन् । विगत दुई वर्ष यता एउटा पनि मुद्दा दर्ता नभएको सुनाईन् । समुदायमा दलित महिलाहरु लैङ्गिक हिंसा, जातिय विभेद र बर्गिय मारमा रहेको अध्यक्ष सुनारले जिकिर गरिन् ।

‘गरिबीको पिरमा भएकोले ज्याला मजदुरीमा उनीहरु व्यस्त हुन्छन्’अध्यक्ष सुनारले भनिन्,‘स्थानीय स्रोत मेरो पनि अधिकार हो भन्ने उनीहरुलाई फुर्सद छैन ।’त्यसैले स्थानीय सरकारले त्यस्ता पाखा पारिएका दलित समुदायका महिलाहरुको आवश्यकताको आधारमा बस्ती स्तरका योजनामा संलग्न गराई अघि बढ्नुपर्ने जनाईन् ।

विस २०६३ सालमा जातिय छुवाछुत मुक्त घोषणा गरिएको जनाईन् । ‘त्यो घोषणा घोषणामै सिमित रह्यो’अध्यक्ष सुनारले भनिनन्,‘व्यवहारमा अझै पनि देखिएन ।’ त्यसपछि विस २०६८ सालमा जातिय छुवाछुत कसुर सजाय ऐन सरकारले ल्यायो । तर त्यो ऐन बस्ती स्तरमा कार्यान्वयन भएको देखिदैन । समुदायमा जातिय छुवाछुतका घटना भए समुदायमा मिलाउने प्रयास गर्ने गरेको अध्यक्ष सुनारको भनाई छ । हामीले त्यो चाहदैनौं । तीन तहको सरकार हुँदा पनि त्यो ऐन कार्यान्वय नभएको स्थिती छ ।

यस ऐनको कार्यान्वय गराउन स्थानीय सरकारलगायत अन्य निकायले चासो दिन जरुरी रहेको छ । नेपालको संविधान २०७२ ले पनि जातिय छुवाछुतलाई नियमन गर्न धारा ४० दलितको हक व्यवस्था गरेको छ । धारा २४ मा जातिय भेदभाव तथा छुवाछुतको हक व्यवस्था रहेको जनाईन् । तर अभैm पनि पुर्ण रुपमा कार्यान्वय भएको पाइदैन । जातिय छुवाछुत समुदायमा भएको छ तर बाहिर आएको छैन भने अब दलित सशक्तिकरण विधेयक ल्याएर स्थानीय सरकार अघि बढ्नु पर्ने अध्यक्ष सुनारले माग गरिन् ।

आर्थिक शसक्तिकरण, मानव अधिकार तथा न्यायमा पहुँच, नेतृत्व विकास तथा सहभागिता, समावेशी तथा सामाजिक न्याय र लैङ्गिक उत्तरदायि मानविय साहयता रणनीतिक क्षेत्रमा दलित महिला संघले काम गरिरहेको छ । सुनार लामो समय देखि दलित महिलाहरुको हक अधिकारको अभियानमा अग्रसर रहेर परिचित छिन् ।

फाउन्डेशन फरअ जस्ट सोसाईटीको सहयोग तथा दलित महिला संघको आयोजनामा दलित महिलाका सवाल र संचारकर्मीको भुमिका विषयक बिहीबार अन्तरक्रिया भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर