महिलाको लागि प्रजनन स्वास्थ्य चेकजाँच शिविर संचालन
शनिबार, चैत ०३, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,चैत ३/ ११४औं अन्तरराष्ट्रिय महिला दिबसको अबसरमा बढैयाताल गाउँपालिकाको आयोजनामा महिलाको लागि प्रजनन स्वास्थ्य शिविर संचालन भएको छ । प्राथमिक स्वास्थ केन्द्र बढैयाताल ३ सोरहवामा प्रजनन स्वास्थ्यमा समस्या भएका महिलाहरूको लागि शुक्रबार देखि निशुल्क स्वास्थ शिविर संचालन गरिएको हो ।

शिविर आज शनिबार बढैयाताल –७ को वडा कार्यालयमा संचालन हुनेछ । स्वास्थ शिविरमा बासुकि स्वास्थ क्लिनिक नेपालगन्जका प्रस्सुति तथा स्त्रीरोग रोग बिशेषज्ञ डा. प्रबिन योगि र रेडियोजोलिस्ट डा. कल्याण शर्मा लगायतको टिम सहभागी छन् ।

स्त्रीरोग बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य चेकजाँच शिविरमा निशुल्क रूपमा भिडियो एक्सरे र भिआईए सेवा समेत उपलब्ध रहने बढैयाताल स्वास्थ शाखाका प्रमुख बिष्णु पौडेलले जानकारी दिए ।

बिपन्न तथा गरिब परिबार र स्वास्थ सेवाको पहुँचबाट टाढा रहेका महिलाहरूले सहज र निशुल्क रूपमा सेवा उपलब्ध गराउने उदेश्यले महिला दिवशको अबसर पारेर राखिएको यस प्रकारको स्वास्थ शिबिरबाट धेरै भन्दा धेरै महिला आमा दिदीबहिनीहरुले सेबा लिनेमा आफु निकै आशावादि रहेको बढैयाताल गाउँपालिकाकी उप–अध्यक्ष लक्ष्मी कुमारी अधिकारीले बताईन् ।

स्वास्थ शिविरबाट प्रजनन स्वास्थमा समस्या रहि बिशेषज्ञ चिकित्सकको सेवाको पहुँचबाट टाढा रहेका आमा दिदीबहिनिहरुले अधिक सेवा लिनु पर्ने कुरामा अध्यक्ष त्रिपाठीले जोड दिएका थिए । बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठिले ब्यानर बाचन गरि शिविरको उद्घाटन गरेका थिए ।

शिविरको उदघाटन कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, स्वास्थ शाखाका कर्मचारी, महिला शाखाका कर्मचारी लगायत सेवा लिने सेवाग्राहिहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर