‘निकुञ्जका कोर क्षेत्रका बाघ डार्ट गरेर समात्ने तयारी छ’
आइतबार, चैत ०४, २०८० मा प्रकाशित

बर्दिया,चैत ४ (फरकसमाचार)/बिभागबाट अनुमति लिएर निकुञ्जका क्षेत्रबाट पाटे बाघ नियन्त्रण गरेर रेडियो कलर लगाउँने तयारी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामले बताएका छन् । उनका अनुसार अनुमति आए लगत्तै बाघलाई रेडियो कलर लगाईन्छ ।

बाघको लोकेसन ट्रयाक गरेर बाघ बस्ने संभावित स्थानको पहिचान गरिरहेको समेत उनले खुलाए । स्थानीयलाई अघि लगाएर बाघको संरक्षण भएको बर्दियामा निकुञ्ज प्रशासनले गोप्य रुपमा बाघ नियन्त्रण गर्ने प्रयासको जाहेज वा नजाहेज हो ? बाघ समात्न अनुमति लिनु भनेको रेडियो कलर लगाउँने नाममा बिदेशी बिद्यार्थी पढाउँन गरिएको कसरत हो कि भन्ने शंका उब्जेको छ ।

केहि दिन यता निकुञ्जले पर्यटक घुम्ने क्षेत्रमा रोक लगाएको छ । स्थानीय पर्यटन व्यबसायीका अनुसार राजमार्गसँग जोडिने त्यस्ता क्षेत्रमा निकुञ्जले कर्मचारी परिचालन गरेर गोप्य रुपमा निजि स्वार्थको लागि बाघ समात्न कार्य अघि बढाएको उच्च स्रोतको दाबी छ ।

स्थानीयको सहभागितामा बाघ संरक्षण गरेपनि टाठाबाठा संरक्षणकर्मी र संरक्षण संस्थामा पद ओगटेकासँग मिलाएर साँठगाँठमा बाघ समात्न प्रक्रिया अघि बढाएको निकुञ्ज प्रशासनलाई आरोप लागेको छ ।
उच्च पदस्थको निर्देशनमा निजि स्वार्थ वा बिदेशी बिद्यार्थीलाई अध्यापन गराउँन बाघ समात्ने कार्य गरिएको भन्ने एकिन हुन सकेको छैन ।

स्रोतका अनुसार बाघ समात्नका लागि निकुञ्ज प्रशासनले कर्मचारी परिचालन गरिसकेको खुलेको छ । बाघले मानविय क्षति गरेकाको बिपन्न वस्तीमा राहत उपलब्ध गराउँन लापरबाही गरिरहेको गुनासो आईरहेको अवस्थामा निकुञ्जका बाघलाई जिस्काउँदा वस्ती पस्ने खतराको जोखिम कसले बहन गर्ने ?

जबरजस्ती बाघ समात्न खोज्दा गाउँ वस्तीमा बाघको आक्रमण जोखिममा पर्ने देखिन्छ । बाघ संरक्षणमा राज्य वा बाह्य राष्ट्रको ठूलो लगानी छ । निकुञ्ज प्रशासनको एकलौटि निर्णयले बाघ समात्न खोज्नु पछाडी राज हो कि भन्ने शंकामा स्थानीय पर्यटन व्यबसायी छन् । निकुञ्ज भित्र कोर जंगल क्षेत्र निर्माण गर्न मानविय वस्ती समेत हटाईएको हो । बाघ संरक्षणमा स्थानीय सकारात्मक हुदाँ बाघको संख्यामा बृद्धि भएको बर्दिया बिश्व चिनिएको छ ।

पाँच वटा बाघ बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा रहेको प्रमुख संरक्षण अधिकृत राम बताउँछन् । त्यहाँ पुग्ने पर्यटक खोरमा राखेको बाघ टाढाबाट हेरेर फर्कन्छन् । तर केहि दिन यता पर्यटक घुम्ने ठाउँमा निकुञ्जले बाधा गरिरहेको पर्यटन व्यबसायी गुनासो गर्छन । तर निकुञ्ज भ्रमण कुनै क्षेत्रमा रोक नलगाएको प्रमुख संरक्षण अधिकृत रामले दाबी गर्छन् ।
बाघ निकुञ्जका कर्मचारी वा सरकारको मात्रै सम्पत्ति होइन । बाघ राष्ट्रिय सम्पत्ति हो । संरक्षणको लागि जनताको सहयोग चाहिने, चोरी सिकार नियन्त्रणका लागि युवा चाहिने तर बाघ समाउने, बेहोस पार्ने काममा जनताको राय सुझाव लिनु पर्दैन ?

वन्यजन्तु संरक्षणका लागि अन्तरसिमा बैठकको नाममा उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान भ्रमण गर्नको निकुञ्जले टाठा बाठालाई पठाउँने गरेको छ । त्यस्ता व्यक्तिलाई आफूअनुकुल बनाएर बाघ समातेर बिद्यार्थी अध्ययन गराउँन खोज्दा भित्रभित्र बिरोध भईरहेको छ । बाघले धेरै मानिस मारेको र बाघबाट सबै भन्दा बढि प्रभावित खाता जैविक मार्ग हो । हाल पनि पाताभार क्षेत्रमा बाघ दिउसै गाउँमा पसेर जनावर मार्ने गरेको छ । बाघको अध्ययन गर्नुपर्ने भए ति क्षेत्रमा गर्नुपर्ने स्थानीय संरक्षणकर्मी तर्क गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर