धादिङमा चितुवाको आक्रमणबाट चारजना घाइते
मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित

काठमाडौँ,चैत ६ / धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार सोमबार साँझ चितुवाले कुकुर लगेको थियो ।

मङ्गलबार बिहान चितुवाले कुकुरलाई खाइरहेको देखेपछि स्थानीय दीपक श्रेष्ठले चितुवालाई भगाउन खोज्दा उनलाई आक्रमण गरेको थियो ।

अधिकारीका अनुसार चितुवाले विद्यालय पढाउन जान लागेकी एक शिक्षिका, एक जना वृद्ध र अर्को युवालाई समेत आक्रमण गरेर घाइते बनाएको छ । घाइते चारै जनालाई जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जानकारी अधिकारीले दिए । उनले भने,‘ अहिले म अस्पतालमै छु, घाइतेहरूको उपचार भइरहेको छ । एक जना गम्भीर हुनुहुन्छ ।’रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर