खुला सीमा खुलमखुल्ला
बुधबार, चैत ०७, २०८० मा प्रकाशित

बर्दिया,चैत ७ (फरकसमाचार)/ सोमबार बढैयाताल गाउँपालिका—६ रानीपुर स्थितबाट मुल्य रु ४ हजार बराबरको किराना जन्य सामान बरामद गरेको छ भने सोही दिन बढैयाताल गाउँपालिका –२ फुटाह स्थितबाट मुल्य रु ८ हजार २ सय बराबरको मकैको बिउ लगायत सामान बरामद गरेको प्रहरीले प्रेस विज्ञप्ती जारी गरेको थियो ।

बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रहरीले गत शुक्रबार गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट मुल्य रु ९ हजार ७ सय ४०, शनिबार मुल्य रु ३१ हजार ७ सय र आइतबार मुल्य रु १६ हजार ६ सय बराबरको अबैध सामान बरामद गरेको थियो ।

आइतबार राजापुर नगरपालिका–७ भालुफाँटा स्थितबाट मुल्य रु ३१ हजार २५ बराबरको बेवारिसे अवस्थामा अबैध सामान बरामद गरेको थियो । यी तस्करीका प्रतिनिधि घटना हुन् । सिमानाकामा रातभरि व्यापक तस्करी हुने गरेको सिमावर्ति बसिन्दाहरुको भनाई छ । भारतबाट अबैध रुपमा ल्याउने अबैध सामान दिनहु बरामद भएको प्रहरीले प्रेस विज्ञप्ती जारी गर्छ । दिनहु बरामद हुने सामानले सिमानाकामा हुने तस्करी नरोकिएको पुष्टि गर्छ ।

प्रहरीले नेपाल भित्राउँने बेलामा बरामद गरेको अबैध सामान मात्रा थोरै हुन्छ । तर,खुला सीमामा सीमान्तर व्यापार भने लुकिछिपि भईरहेको छ । पछिल्लो समय प्रहरीले बरामद गरेको सामान साना माछा समाउँने र ठूलो मान्छा उम्काउँने उक्तिसँग मिल्दो जुल्दो छ ।

जिल्लाको ८३ किलोमिटर खुल्ला सिमाना भारतसंग जोडिएको छ । सिमानाकामा प्रहरी परिचालन भएका छन् । तर पनि तस्करी नरोकिदाँ स्थानीय व्यापारी पलायन हुने अवस्थामा पुगेका छन् । सिमानाकामा हुने तस्करी नरोकिदाँ गुलरिया बजारको विजनेस व्यापारमा सन्नाटा छाएको स्थानीय व्यापारीहरु बताउँछन् । सिमानाका क्षेत्रमा एक सय बढीको मालसामान ल्याउँदा राजस्व बुझाउनु पर्ने ठुला अक्षरले लेखिएको होडिङ्ग बोर्ड बोर्डमै सिमित रहेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर