मानझुन्डि सामुदायिक बनको अध्यक्षमा गोपाल सुनार विजयी
शनिबार, चैत १०, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,चैत १०/ बढैयाताल गाउँपालिका–३ मानभुन्डि सामुदायिक वनको अध्यक्षमा गोपाल सुनार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनबाट अध्यक्षमा सुनार विजयी भएका हुन् । बिहीबार भएको निर्वाचनको मतगणना परिणाम शुक्रबार घोषणा भएको हो । कुल १ हजार २ सय ५४ मतदाता रहेकोमा १ हजार १ सय ७ मत खसेको थियो ।

अध्यक्ष पदमा मोहन गुरुङ र गोपाल सुनारको प्यानल निर्वाचनमा उत्रेका थिए । गुरुङको प्यानललाई पछाडि पार्दै सुनारको प्यानल लेखा समितिमा समेत बिजयि भएको घोषणा निर्वाचन समितिले गरेको छ ।

निर्वाचि भएका अध्यक्ष सुनारले ४ सय ५३ मत प्राप्त गरि विजयी भएका छन् । त्यसैगरि उपाध्यक्षमा चुडामणि पौडेल, सचिबमा हिरा बुढामगर, सह–सचिबमा अमिरुल हसन जागा, कोषाध्यक्षमा सरिता थारु लगायत सदस्यहरूमा क्रमशः टीका रावत, सकुन्तला थारु, सुमित्रा पौडेल, कुसमा थारु, लेवाराम कुवर, रामु धोवि, कमलापति यादब, बाबादिन कुर्मी, बिजय थारु निर्वाचित भएका छन् ।

लेखा संयोजकमा बिमलेश प्रसाद मण्डल र सदस्यहरू सुनकला महरा, कौशल थारु निर्वाचित भएका छन् । बढैयाताल गाउँपालिका–३, बाँकेको खजुरा गाउँपालिका– न ६ र ७ का उपभोक्ताहरुको निर्वाचनमा सहभागिता रहेको थियो । मानझुन्डि सामुदायिक बन बाँके र बर्दिया गरि करिब २ सय ५४.९१ हेक्टर जमिनमा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर