गृह नेतृत्वमा रबिको प्रभाव‘जनताले दुःख पाईरहेका छन्,’
सोमबार, चैत १२, २०८० मा प्रकाशित

बर्दिया,चैत १२ (फरकसमाचार)
जिल्लाको सुक्षा संयन्त्रको नयाँमा प्रमुख जिल्ला अधिकारी बेदप्रकाश खरेल,प्रहरी प्रमुख प्रबिण धिताल र सशस्त्र प्रहरी प्रमुख चित्राङ दाहाल छन् । कोहि एक महिना अघि आएका होलान,कोहिको दुई महिना भएको होला तर,तीन महिना कसैको कटेको छैन । नविनतम कामको सुरुवात गर्ने बिषयमा सुरक्षा संयन्त्रको भेटघाट,अन्तरक्रिया लगायतका काम वेवास्ता गर्दा नयाँ काम गर्ने आयामका लागि सहकार्य कोहि कसैबाट गरेको देखिएको छैन ।

नया नयाँ प्रमुखमा सरुवा भएर आएकाको सुस्तता अलि बढि छ ।किनभने रुपन्देहि,बाँके र मोरङ लगायतका जिल्ला रोजेको ठाउँ नपाएकाले बर्दियामा सरुवा भएर आएकाले हुनसक्छ ?
जिल्लाको सुरक्षा संयन्त्र सर्वसाधरण माझ नपुगेर बिदा बस्ने वा कार्यालय परिसर भित्र अकुसमुकस छन् । संभावित अपराधः‘ महिला हिंसा,चोरी,गण्डागर्दी , प्राकृतिक साधन स्रोत अपचलन र राजश्व चुहावट’जस्ता बिषयमा सुरक्षा संयन्त्रको त्यति धेरै चासो देखिदैन ।
तर,गृहले खटाएको ठाउँमा वा जिल्लाको सुरक्षा खातिर तन र मनले काम गर्ने भावना सुरक्षा संयन्त्रको नहुन जिल्लावासीको लागि दुखद हो । पछिल्लो समय गृह मन्त्रालयको नेतृत्वमा रबि आएपछि काम गर्ने मनस्थितिमा सुरक्षा प्रमुख नदेखिदा जनता त्यसको प्रश्रब पिडामा निकट भबिष्यमा पर्ने देखिन्छन् ।

प्रमुखहरुको मनस्थितिमा खुला सीमामा चोरी र छुपेर भारतवाट भित्राउँने मालसामान बरामद भएपछि काम देखिहाल्ने भएकाले त्यस बाहेकका नयाँ कामको लागी जागर देखाउँने अग्रसरता कम देखिएको छ ।सीमावर्ती नेपालबाट बिक्रि वितरणका लागि किसानले ल्याउँने बेसार,तरकारी,लगायतका सामाग्री बरामद प्रहरीले गरिरहेको भन्सारमा उल्लेख रेर्कडबाट देखिन्छ । खुला सीमामा जबरजस्त तकिारले तस्करी भईरहेको समेत सुरक्षा संयन्त्रका प्रमुख बेखबर देखिएका छन् ।
नयाँले गृह सम्हालेको देखेपछि केन्द्रिय राजनितिक(काग्रेस,एमाले र माओवादी)को पहुँचमा रहेकाको दुःख लागेको हुनसक्नु जाहेज हो । तर जिल्लाको पावर फुल पद ओगट्ेर बसेपछि जिल्लाबासीले नविनतम काम ल्याएको आयामले सकुन हुने सकारात्मक आशा राख्छन भन्ने सुरक्षा संयन्त्रले भुल्न नहुने हो ।

जिल्लामा ८२ दशमलब ५ किलोमिटर खुला सीमा छ । खुला सीमाका भारतीय बजारबाट सर्वसाधरणले सामान किन मेल गर्न जाने र सामान भित्राउँन खोज्दा बरामद गरेका बिज्ञप्ती जारी प्रहरीले गर्ने गरेको छ । भौगलिक हिसवाले सुरक्षा जाँचको प्रबन्ध मिलेको ठाउँमा स साना मात्राको सामान बरामद गरेर अब्बल ठान्ने सुरक्षा प्रमुखको ध्याउन्न छ । भन्सार कहाँ छ र नेपालीवस्ती नेपाल र भारतको सीमावर्तीमा पर्छ भन्ने प्रहरी प्रशासनले हेक्का नगरेको गुनासो आम सर्वसाधरणको छ ।

जिल्लामा जबरजस्ती प्रहरी र प्रशासन काम गरेको देखाउँन जनतालाई दुःख दिन नहुने तर्क गर्ने धेरै छन् । सिडिओ साब बिदा जानु भयो त्यसपछि प्रहरीका प्रमुख धिताल जिल्लामा होलीको दिन बिदाबाट फर्के ।जिल्लाको वस्तु स्थिित नबुझेर वेवास्ता गर्दे आउँनुले जिल्लाको सुरक्षा अब्बल बनाउँन सुरक्षा प्रमुख नैतिक रुपमा जिम्मेवारी बहन गर्न पर्ने देखिन्छ । प्रहरी प्रमुख धिताल निस्कृय जस्तै देखिन्छन् ।सर्लाहीमा राजनितिकर्मीको दवाबमा काठमाडौ तानिएका उनी बर्दिया सरुवा भएपछि काम गर्ने मनस्थिितिमा देखिदैनन् ।

दुई दशक देखि प्रहरी र प्रशासनमा प्रमुखको जिम्मेवारीमा जिल्लामा आउँने व्यत्तित्वको कार्यदक्षता भन्दा पनि ठूला राजनितिक दल(काग्रेस,एमाले र माओवादी)को प्रभाव नजिककाले अवसर पाउँने चलन छ । जिल्लाका सुरक्षा संयन्त्रलाई गृह मन्त्री रबि भएपछि शक भएको मानसिकता व्यबहारिक रुपमा छताछुल्ल भएको छ ।
रुपन्देहि,बाँके र मोरङ ताक्नेले बल्लतल्ल बर्दिया अवसर पाउँछन् । त्यस्ता कर्मचारीको दम्भ भन् केन्द्रिय नेताको पहुँच हुन्छ,काममा वेवास्ता गर्ने पूरानै चलन हो ।आज रबि भएपनि भोलि ठूला दलका नै गृह मन्त्रालयमा पाउँनेमा प्रहरी र प्रशासनका प्रमुख आशाबादी देखिएकाले काममा उदासिनता देखिएको आंशका छ ।
बर्दियामा नचाहेर सरुवा भएर आएका कर्मचारीका प्रमुखका कारण सर्वसाधरणले दुख पाउँनु परिरहेको टिप्णी स्थानीयले गर्छन । राजनितिक पहुँचमा आएका अ कर्मचारीकर्मीले काम भन्दा पनि राजाका् पारा देखाउँने गरेको छन् । जिल्लाका राजनितिक दलका जिल्ला नेता निरह भएको सुनिन्छ ।प्रहरी र प्रशासनले जनताको विचमा सूचनाको पहुच वनाएर कार्यसम्पादन गर्न पर्ने कुरा बिशेषत वेवास्ता गरिरहेको पाईरहेको छ । ‘गत वर्षका प्रहरी प्रमुखले सीमा क्षेत्र धेरै कडाई गरे ।एक साता पछि खुला भयो,’एक स्थानीयले भने,‘हामीले आफुले उब्जाएको तरकारी वेच्न ल्याउँदा पनि बिक्रि गर्न पाउँदैनम ।’ सुरुमा कडाई गर्ने र केहि समय पछि अबैध सामान ल्याउँन लाईने खुल्ने परम्परागत चलन बन्द गरे पनि वर्तमान सुरक्षा संयन्त्रले खुला सीमाबाट भईरहेको राजश्व चुहावटको ने उल्लेखनिय कामको प्रगति भने गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर