क्षयरोगको नियमित औषधी सेवन बिरामीलार्ई सम्मान
सोमबार, चैत १२, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,चैत १२/ क्षयरोगको नियमित औषधी सेवन गर्ने २७ जना बिरामीलाई सम्मान तथा पोषण सामाग्री वितरण गरिएको छ । बढैयाताल गाउँपालिकाको आयोजना र जिल्ला स्वास्थ कार्यालयको समन्वयमा आइतबार बिश्व क्षयरोग दिवसको अबसरमा बढैयातालका २७ जना क्षयरोगका बिरामीलाई दोसल्ला ओढाई सम्मान तथा पोषण सामाग्री वितरण गरिएको हो ।

‘क्षयरोग अन्त्य गरौ र क्षयरोगिलाई सम्मान गरौं’ भन्ने मुल नाराका साथ बिश्व क्षयरोग दिवस बढैयातालमा मनाईएको छ । बर्दियामा गत बर्ष ६ सय ७७ जना क्षयरोगि थपिएको र क्षयरोगिले नियमित ६ महिना औषधि सेवन गरे क्षयरोग निको हुने स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । ‘मधुमेहका रोगिलाई क्षयरोग हुने संभावना बढि हुन्छ’प्रमुख गिरीले भने,‘यस्ता रोगीहरुले पौस्टिक आहार बढि खानुपर्छ ।’

कार्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, स्वास्थ कार्यालयका प्रमुख गोकर्ण गिरीलगायतको उपस्थिती रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर