सिडिओ खरेलको प्राथामिकतामा ‘शुन्य सहनशीलता’
बुधबार, चैत २१, २०८० मा प्रकाशित

बर्दिया,चैत २१ (फरकसमाचार)/आईतवार भारतीय नेटवर्किङ व्यवसायद्वारा संचालित हेल्दी फुडका नाममा बिक्रि गर्ने सामाग्री नेपाल भारतको सीमा मथुराहरद्वारबाट बरामद भयो । औषधी जस्तो देखिने शंकास्पद बरामद वस्तु कहाँ र कसरी ग्रामिण भेगमा पुगिरेहेका भन्ने बिषयमा फ्लोअप गरिरहेका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले त्यस्ता औषधी जस्ता वस्तु बिक्रि गर्न गुलरिया स्थित बिजया गेष्ट हाउँसको सभा हलमा कार्यक्रम गरिरहेको अवस्थामा भेटिएका चार जनालाई मंगलवार अनुसन्धानका लागि नियन्त्रणमा लिएका छन् । बारबर्दिया नगरपालिका– ३ का क्रान्टु रत्गैया, आमोश थारु, अमिल थारु र गुलरिया नगरपालिका– २ का धर्म बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेटवर्किङ व्यबसाय मार्फत हेल्दी फुड सर्वसाधारणलाई बिक्रि गरेर चर्को रकम असुल्ने गिरोह सक्रिय रेहेको खुलासा भएको छ । नेटवर्किङ व्यबसायको नाममा भारतीय नागरिक अबुतलिबले भ्रामक प्रचार गरेर सर्वसाधारण ठग्न नेपालीलाई परिचालन गर्न कार्यक्रम आयोजना गरिएको आशंकामा प्रहरीले सहयोगि चार जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए । ‘डा अबुतलिब भारतीय नागरिक आएर नेपालीलाई औषधि जस्ता देखिने वस्तु बेच्न प्रोत्साहित गर्ने कार्यक्रम आयोजना भईरहेको खबर थियो’उनले भने,‘त्यहाँ पुग्दा भारतीय नागरिक नभेटिएपनि नेपाली एजेन्ट फेला परेका हुन् ।’

उनका अनुसार सोधपुछको लागि ल्याउँने क्रममा अभद्र व्यबहार गरेकाले थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालको नेतृत्वमा गएको टोलीले आयोजित कार्यक्रमबाटै बिभिन्न किसिमका औषधि जस्ता देखिने बस्तु नियन्त्रणमा लिएको छ । उक्त कार्यक्रममा ग्रामिण भेगबाट आएका ४० जना बढि उपभोक्तालाई सहभागि गराएर भेस्टिजका एजेन्टले कार्यक्रमको तयारी गरिरहेको भेटिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका एजेन्ट भेस्टिज प्रालि अन्र्तगत उत्पादित सामाग्री चर्को मूल्यमा बिक्रि वितरण गर्दै आएको खुलेको छ । जिल्लामा अवस्थित ८३ दशमलब ५ किलोमिटर नेपाल भारतको खुला सीमा राजश्व चुहावटको दृष्टिकोणले जोखिम मानिन्छ । पश्चिम तराईमा भारतसँग जोडिएका खुला सीमाबाट अबैध पैठारी र निकासी रोक्न नसक्दा प्रहरी र प्रशासन आलोचित बन्छन् ।

तीन महिना अघि आएका प्रमुख जिल्ला अधिकारी खरेलले कार्यभार सम्हालेपछि ‘शुन्य सहनशीलता’का लागि सीमा क्षेत्रमा हुने अपराधमा निगरानी बढाएको पाईएको छ । प्रजिअ खरेलको सक्रियतासँगै अबैध रुपमा नेपाल भित्राएको अवस्थामा बरामद अबैध सामानको लामो सूचि भन्सारको रेर्कडमा देखिन्छ ।

रात र दिन नभनि सीमाबाट हुने अपराध रोक्न प्रजिअ खरेल तल्लिन देखिन्छन् । ‘सिडिओ साव दिनभरी कार्यलयमा व्यस्त हुनुहुन्छ’एक कर्मचारीले भने,‘सीमावर्ती क्षेत्रबाट हुने अपराध रोक्न खटिने सिडिओ सावको निरन्तरताले दैनिक रुपमा राजश्व चुहावट भईरहेका सामान बरामद भईरहेको छ ।’

जसले गर्दा सीमावर्तीका बजारबाट व्यापार व्यबसाय र घरायसी सामान खरिद गर्न भारतीय बजार पूग्ने ग्राहक घटेको भन्सारका कर्मचारीले बताए । फागुन मासान्त सम्ममा राजश्वको ९० प्रतिसत लक्ष्य पूरा भईसकेको राजापुर भन्सार कार्यालयका प्रमुख धन बहादुर शाहीले बताए । ‘सिडिओ साबको नेतृत्वमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानीले राजश्व असुलीमा टेवा पुगेको छ’उनले भने,‘दैनिक ७ वटासम्म मुद्दाको संख्या पुगेकोे तथ्याकंमा देखिन्छ ।’

उनका अनुसार बिगतमा जस्तो सामान वेवारिसे देखाएर भन्सार बुझाउँने चलन जिल्लामा आएका नयाँ नेतृत्व परिचालन भएपछि परम्परागत चलन हराएको उनी बताउँछन् । ‘पहिला मान्छे नदेखाएर सामान भन्सार बुझाउँने चलन थियो,’भन्सार कार्यालयका प्रमुख शाहीले भने,‘सुरक्षाको नयाँ नेतृत्वले मान्छेसहित सामान बुझाउँदा मुद्दाको संख्या बढेको हो ।’ उनका अनुसार भारतबाट नेपाल भित्राउँने अबस्थामा भेटिएका माछा, खाद्यान्न, सुर्तीजन्य गुटखा, कुखुरा लगायतका अबैध सामान बरामद भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर