राष्ट्रिय भलिबल : आर्मी सेमिफाइनलमा
बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ ८ : राजधानीमा जारी एनभिए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल प्रतियोगिताअन्र्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

नेपाल भलिबल सङ्घ (एनभिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९, २५–१८ र २५–१७ ले पराजित गरेको हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेता टोलीले जनही दुई लाख तथा उपविजेताले एक लाख पुरस्कार पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही २५ हजार पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही दश हजार पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय