‘चिसाप’द्वारा आख्यान पुरस्कारको घोषणा
बुधबार, साउन २८, २०७७ मा प्रकाशित

नारायणगढ, साउन २८ : चितवन साहित्य परिषद्ले (चिसाप) राजकृष्ण कंडेल साहित्य पुरस्कार(२०७६’, आख्यानमा कलम चलाउँदै आएका लेखकहरू वसन्त पराजुली र गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ ।

चितवनका कथाकार वसन्तको कथासंग्रह ‘कुमाता’ तथा वीरगञ्‍जका उपन्यासकार गणेशप्रसादको उपन्यास ‘अघटित’लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जानकारी गराएको छ ।

चिसापका पूर्व अध्यक्ष साहित्यकार स्व। राजकृष्ण कंडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ नगदसहित सम्मानपत्र रहेको छ । परिषद्का अध्यक्ष सुरेन्द्र अस्फलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’, सुमन सौरभको लघुकथासंग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूको ‘मेरो घाम’लाई प्रदान गरिसकिएको छ ।

घोषित पुरस्कार परिस्थिति अनुकूल हुनासाथ विशेष कार्यक्रमको आयोजना गरि समर्पण गरिने जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर