रमेशनाथ पाण्डेको क्रान्ति र प्रतिक्रान्ति आउँदै
सोमबार, भदौ २९, २०७७ मा प्रकाशित

भाद्र २९, काठमाडौँ — कूटनीतिज्ञ एवं पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको क्रान्ति र प्रतिक्रान्ति पुस्तक प्रकाशित हुने भएको छ ।

पुस्तकामा २००७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक-सामरिक कारण र आउन सक्ने परिणाम समेतलाई उल्लेख गर्दै इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविष्यको बारेमा विस्तारमा चर्चा गरिएको छ ।

यो पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठी लगायत अन्य हस्तलिखित दस्तावेजहरु समेत समावेश रहेको प्रकाशक सांग्रिला बुक्सले जनाएको छ ।

२००७ सालको परिवर्तनलाई आख्यानको रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफै संलग्न भएर सञ्चय गरेका सपना भंगको पीडा र दूरदृष्टि पूरा गर्ने संकल्प लिएका युवा वर्गका लागि यो पुस्तक उपयोगी हुने पाण्डेले बताएका छन् । पुस्तकमा राजनीतिक, धार्मिक, सांस्कृतिक र व्यावहारिक रुपमा विचारोत्तेजक खुराक दिने केही चिठीहरु समावेश गरिएका छन् ।

पाण्डेको यसअघि कूटनीति र राजनीतिु पुस्तक प्रकाशित गरेका थिए । यो पुस्तक असोज दोस्रो साताबाट बजारमा उपलब्ध हुने बताइएको छ । साभार : कान्तिपुर दैनिक

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय