भारतीय विदेश सचिव शृङ्गला आउँदैः यस्तो छ दुई दिनको कार्यव्यस्तता
बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित

मंसिर ११ काठमाडौँ / भारतका विदेश सचिव हर्षबर्द्धन शृङ्गला आज नेपाल आउँदैछन् । भारतको नयाँ दिल्लीबाट उनी विशेष विमानबाट ११ वजे नेपाल आइपुग्नेछन् । नेपालको औपचारिक भ्रमणमा आउन लागेका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउनेछन् । बिहीबारबाट नै शृङ्गलाले औपचारिक भेट वार्ता शुरु गर्नेछन् ।

काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् । नेपाल रहँदासम्म उनी द्वाारिकामा बस्छन् । मध्यन्ह १२ बजेदेखि परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेटघाटको कार्यक्रम रहेको छ । पौडेलले आयोजना गरेको दिवाभोजमा होटल याक एण्ड यतिमा उनी सहभागी हुनेछन् ।

त्यसपछि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरी दुई देशको सम्बन्धको बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवासमै गएर भेट्न छन् । त्यस लगतै शीतल निवासमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार साँझमा केही राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । राजनीतिक कार्यक्रमको औपचारिक तयारी नरहेपनि उनले नेकपाका अध्यक्ष प्रचण्ड, नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेपालका नेतालाई पनि भेट्ने तयारी गरेका छन् । ती नेताहरुलाई भेट्न उनकै निवासमा जाने अहिलेसम्मको तयारी रहेको स्रोतले जनाएको छ ।

शुक्रवार विहान पनि सामान्य भेटघाटको कार्यक्रम राखिएको छ । त्यसपछि गोरखा जिल्लामा भारतको सहयोगमा निर्माण भएको एक विद्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस लगतै सोल्टी होटलमा १०ः३० बजेदेखि आयोजित एक कार्यक्रममा उनले सम्बोधन गर्नेछ । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) ले आयोजना गर्ने कार्यक्रममा भारतीय विदेश सचिवले दुईपक्षीय सम्बन्ध र साझेदारीको विषयमा बोल्ने तयारी रहेको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ । त्यहाँ पनि भेटघाट हुने कार्यक्रम रहेको बताइएको छ ।

सोल्टीको कार्यक्रम सकेपछि उनी १ बजे नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ ।

तीनवटा सुरक्षा निकाय परिचालन

विदेश सचिव शृङ्गलाको भ्रमणलाई लिएर सरकारले तीनवटै सुरक्षा निकाय परिचालन गरेको छ । नेपाल प्रहरीलेभित्री घेरामा सुरक्षा दिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरी बलले कार्यक्रमस्थल र उनको आवागमन हुने रुटको पेरिफेरी सुरक्षा दिनेछ । महानगरीय अपराध महाशाखा, तीनै जिल्लामा रहेका महानगरीय प्रहरी परिसरका प्रहरी सादा पोसाकका खटिनेछन् ।

त्यस्तै राष्ट्रिय अनुसन्धान विभागको कर्मचारीहरु पनि खटिनेछन् । नेपाली सेना शृङ्गलाको भ्रमणमा परिचालन गरिएको छैन ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर