सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम ९ अर्ब नाघ्यो
आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित

१४ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलाे दिन आइतबार भएकाे कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो ।

आइतबार नेप्से परिसूचक ३.८० प्रतिशत भन्दा धेरैले बढेर १ हजार ९ सय ६० अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यसैगरी सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबारनै तोडिएको हो ।

आइतबार नेप्से परिसूचक तथा कारोबार रकममा नयाँ रेकर्ड नै कायम भए पनि सबै लगानीकर्ताहरुले कमाउन सकेनन् ।

बजारमा उल्लास देखिए पनि व्यापार तथा होटल समूहका लगानीकर्ताहरुले गुमाएका छन् । बैंक, विकास बैंक, जीवन बिमा लगायतका समूहका लगानीकर्ताहरुले भने कमाएका छन् ।

यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब ५ प्रतिशतले बढेको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर