सुनको भाउ तोलामा ९४ हजार पाँच सय पुग्यो
मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ १८ । सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय रुपैयाँमा भएको थियो । यस्तै आजका लागि चाँदीको एक हजार ३७० रुपैयाँ पुगेको छ । जुन प्रतितोला सोमबारभन्दा १० रुपैयाँले बढी हो ।

देशका अधिकांश सहरमा लागू गरिएको निषेधाज्ञाका कारण सुनको कोरोबार भने शून्यप्राय रहेको व्यवसायीहरुले बताएका छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय