सन्दीपद्वारा धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग
शनिबार, फागुन १०, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १० : क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेका छन् । चितवनको भरतपुरमा निर्माणाधीन रंगशालाका लागि उनले ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गरिएको हो ।

सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका थिए । उनले प्रत्येक विकेट लिए बापतको आठ हजार ८४८ सहयोग गर्ने घोषणा गरेका थिए ।

सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिएका थिए । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरिएको हो । सन्दीप रंगशाला निर्माणका सद्भावनादूतसमेत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर