मन्त्री शर्माले गरे बर्दिया प्रिमियर लिगको उद्घाटन
मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर १४ (फरकसमाचार)

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिकल शर्माले बर्दिया प्रिमियर लिग–२ क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गरेका छन् । गुलरिया नगरपालिका–४ कवर्डहलको खेल मैदानमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ मुल नाराको साथ नयाँ शिरा युवा क्लवले आयोजना गरेकोमा मन्त्री शर्माले धन्यवाद व्यक्त गरे । ‘खेलकुदले मानिसलाई निरोगी बनाउँछ’ मन्त्री शर्माले भने, ‘खेलकुदका कारणले मानिसमा लागेका रोगहरु ९० प्रतिशतसम्म रोग सिदिन्छ ।’ मानिस निरोगी हुन खेलकुदले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

खेलकुदले मानिस मानसिक तथा शारीरिक रुपले स्वस्थ्य रहन्छ । स्वस्थ्य मानिसले देश विकासमा योगदान पु¥यान मद्दत गर्छ । त्यसैले खेलकुदको महत्व रहेको मन्त्री शर्माले बताए । युवा क्लवले आयोजना गरेको क्रिकेट प्रतियोगिताले बर्दियालाई देशमा चिनाउने बताए । जिल्लाको खेलकुद क्षेत्रको विकासमा आफ्नो तर्फबाट सहयोग गर्ने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट संन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचन खेलाडीहरुको मनोबल बढाउन उद्घाटन समारोहमा सहभागिता जनाएका थिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणका गणपति नरबहादुर रावत लगायत खेल प्रेमीहरुको उपस्थिती रहेको थियो ।

युवा क्लवका अध्यक्ष प्रमोद चन्दको स्वर्गीय बुवा बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिगको आयोजना भएको छ । जिल्लाका २ टिम र अन्य जिल्लाका ६ टिमले क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका छन् । बर्दियाबाट बर्दिया क्रिकेट एकेडेमी र रोयल किङ्गस्, बाँकेबाट बाँके ११, धनगढी क्रिकेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी काठमाडौं, नेशनल एकेडेमी बुटवल र स्टार एकेडेमी भैरहवाले प्रिमियर लिगमा भाग लिएका छन् ।

प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले रु. १ लाख ११ हजार १ सय ११ पुरस्कार पाउनेछ । त्यसैगरी दोस्रो हुने टिमले ५१ हजार १ सय ११ पुरस्कार पाउने आयोजक क्लवले जनाएको छ । सोमबार बर्दिया क्रिकेट एकेडेमी र रोयल किङ्गस् टिम बिच भएको खेलमा रोयल किङ्गसको जित भएको छ । आज (मंगलबार) रोयल किङ्गस भिएस स्टार क्रिकेट एकेडेमी र बर्दिया क्रिकेट एकेडेमी भिएस बाँके ११ बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय