पाथीभरा म्याराथनको उपाधि कुलुङ र बुढाक्षेत्रीलाई
मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित

ताप्लेजुङ, फागुन १३ : सोलुखुम्बुको सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बन्नुभएको छ । आज भएको म्याराथन दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेण्डको समयमा निर्धारित दूरी ५४ किलोमिटरको दौड पूरा गरी खुलातर्फको दौडमा कुलुङ विजेता बनेका हुन् ।

यस्तै पाँचथर फिदिमका प्रताप थाम्सोहाङ द्धितीय भए । उनले  चार घण्टा १४ मिनेट नौ सेकेण्डमा निर्धारित दूरी पार गरे । रुकुमको मुसिकोटका दुर्गाराज बुढा तृतीय भए । उनले  चार घण्टा २९ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए ।

यता महिलातर्फको हाफ म्याराथन दौडमा भने जुम्लाको पत्रासी गाउँपालिकाकि सुनमाया बुढाक्षेत्री विजेता बन्नुभएको छ । बुढाक्षेत्रीले ४४ किलोमिटरको दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गरे । आफ्नो प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लब की सरिता वासीको तुलनामा बुढाक्षेत्रीले १० मिनेट चाँडो दूरी पार गरेका थिए । वासीले तीन घण्टा ४८ मिनेटमा दूरी पार गरेका हुन् । यता धादिङ की रसिला तामाङ तृतिय भए । चरा घण्टा ५९ सेकेण्डमा निर्धारित दूरी पार गरी तामाङ तीितय हुनुभएको हो ।

खुलातर्फका विजेताले एक लाख ५१ हजार, उपविजेताले १ लाख ११ र तृतीयले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फका विजेता, उपविजेता र तृतीयले क्रमस ८१, ५१ र ३१ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् । ताप्लेजुङमा शुक्रबारदेखि शुरु भएको पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अन्तिम दिन आज म्याराथन दौड गराइएको हो । म्याराथन दौडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बिहान उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर