सन्दीपले एशिया–११ टोलीबाट खेल्ने
बुधबार, फागुन १४, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १४ : नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको हो ।

उक्त प्रतियोगिता बंगलादेशले बंगबन्धु शेख मुजिबउर रहमानको जन्मशताब्दीका अवसरमा आगामी चैत ८ र ९ गते ढाकामा आयोजना गर्न लागेको हो । सो प्रतियोगिताका लागि आयोजक बंगलादेश क्रिकेट बोर्डले आज १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो ।

सन्दीपसँगै एशिया–११ टोलीमा भारतीय कप्तान विराट कोहली, लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, लिटन दास, तमिम इक्बाल, लसिथ मालिंगा, मुस्ताफिजुर रहमान, राशिद खान, मुस्फिकुर रहीम, थिसारा परेरा, मोहमद सामी र कुलदिप यादव छन् । प्रतियोगिताअन्तर्गत विश्व–११ र एशिया–११ बीच दुई वटा खेल हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर