शुक्लागण्डकीमा ‘एक वडा एक उत्पादन’
बुधबार, जेठ २१, २०७७ मा प्रकाशित

तनहुँ, जेठ २१ : शुक्लागण्डकी नगरपालिकाका १२ वटा वडाले ‘एक वडा एक उत्पादन’ अभियान चलाएका छन्।  वडाबासीलाई कृषि तथा पशुपालन क्षेत्रमा सबल बनाउँदै सिङ्गो नगरपालिकालाई नै आत्मनिर्भर बनाउने उद्देश्यले वडैपिच्छे फरक फरक वस्तु उत्पादनमा जोड दिइएको नगरपालिकाले जनाएको छ।

सोअनुसार वडा नं १ र २ मा मौरीपालन, ३ मा अकबरे खुर्सानी,  ४ मा कौसी तरकारी, ५ मा च्याउ, ६ मा स्थानीय जातका कुखुरापालन, नं ७ र ९ मा दूध,  ८ मा आलु,  १० मा तरकारी,  ११ मा सुन्तला  र  १२ मा बाख्रापालन कार्यक्रम लागु गरिएको  नगरपालिका कार्यालयले जनाएको छ।

कृषि तथा पशु उत्पादन गरी नगरपालिकालाई आत्मनिर्भर बनाउन लागिएको  उपप्रमुख सविता रसाइलीले बताइन्।   उनले भनिन् ,अभियानअनुरुप काम भए नभएकाबारे समयसमयमा नगरपालिकाले अनुगमन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय